आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छौंः प्रबक्ता महत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएनुभएकाे छ ।

सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उहाँले जनाउनु भएकाे छ ।

‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उहाँले भन्नुभयाे, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनु पर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ ।’

ADVERTISEMENT

मगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहनुभएका महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि बताउनुभयाे । ‘बालकृष्ण खाँणजी माथी पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उहाँको प्रतिक्रिया थियो ।

सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उहाँको भनाई छ । ‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णय प्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उहाँले भन्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज