पुतलीबजार नगरपालिकाले सुरु गर्याे श्रम स्वीकृति सेवा

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । पुतलीबजार नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुन श्रम स्वीकृति लिन सक्ने नगरपालिकाले जनाएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित,मर्यादित, सुरक्षित, भरपर्दो,पारदर्शी तथा सहज बनाउन साथै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यले २०८० साल बैशाख १ गतेदेखि सेवा सुरु गरिएको हो । आज पुतलीबजार नगरपालिका वडा नं ४ का लोक बहादुर सुनारले नगरपालिकाबाट पहिलो श्रम स्वीकृति लिनुभयो ।

नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले श्रम स्वीकृति लिन कार्यालयमा आएका सेवाग्राहीलाई स्वागत गर्नुभएको थियो । नगर प्रमुख रेग्मीले रोजगार सेवा केन्द्रमा आवेदन दिई श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति लिन सकिने बताउनुभएको थियो । ‘विगतमा श्रम स्वीकृति लिन पोखरा, काठमाडौ जानुपर्ने बाध्यता थियो, समयमा काम नहुने, बढी खर्च हुने लगायत थुप्रै समस्या झेल्दै वैदेशिक यात्रा गर्नुपर्ने थियो’ । उहाँले भन्नुभयो, ‘जब नेपाल सरकारले स्थानीय सरकारले नै श्रम स्वीकृत स्थानीय तहबाट नै प्रदान गर्न प्रावधान ल्यायो, यसबाट हामी पनि हर्षित छौं ।’

स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछि पुतलीबजार नगरपालिका वडा नं ४ लोक बहादुर सुनारले घर आगनकै स्थानीय सरकारबाट सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो । आफू पुतलीबजारको सूचना देखेर सेवा लिन आएको पनि उहाँले बताउनुभयो ।

नगरपालिकाका रोजगार संयोजक लक्ष्मी शर्माले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित र सुरक्षित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरेको बताउनुभयो ।

ADVERTISEMENT

गत चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुन. श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाईन आवेदन भर्न नसक्नेका लागि निशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

स्थानीय तहबाटै श्रम स्वीकृतिको सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान चाहने पुतलीबजारका नागरिकहरूमा खुसीयाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज