‘दहाड’मार्फत डिजिटल डेब्यू गर्दै सोनाक्षी

Read Time = 1 min

मुम्बई । सिरिज ‘दहाड’मार्फत डिजिटल डेब्यू गर्दै हुनुहुन्छ सोनाक्षी सिन्हा । रिमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । सोनाक्षी स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो आठ भागको क्राइम ड्रामा हो ।

ADVERTISEMENT

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब-इन्स्पेक्टर अञ्जलि भाटीको भूमिकामा हुनुहुन्छ । ‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी-पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद् अनुभव थियो,’ सोनाक्षीले भन्नुभएको छ । सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *