बेनीमा पाँच केजीको न्युरोफाइब्रोम्याटोसिस ट्युमर निकाल्न डा. भण्डारीको टिम सफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

म्याग्दी । बेनी अस्पताल म्याग्दीमा एक ५६ वर्षीया महिलाको पाँच केजीको न्युरोफाइब्रोम्याटोसिस ट्युमर निकालिएको छ । नेपाल अर्थोपेडिक हस्पिटलका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारीको नेतृत्वमा शुक्रबारदेखि चार दिनसम्म सञ्चालन गरेको निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरको तेस्रो दिन पाँच घण्टा लगाएर प्लाष्टिक सर्जन डा. निरज महर्जन लगायतका सर्जनहरूको टिमले सो ट्युमर निकालेको हो ।

ति महिला १५ वर्षदेखि न्युरोफाइब्रोम्याटोसिस ट्युमरबाट पीडित हुनुहुन्थ्यो । यो नसाबाट आएर छालामा निस्किने ट्युमर हो । उहाँको शरीरमा अन्य साना साना ट्युमहरू भएपनि यसले तिघ्राको पछाडि झुन्डिएर घुँडासम्म आएकाले उहाँलाई निकै समस्या भएको थियो । उहाँलाई हिँड्न र लुगा लगाउन पनि हुँदैनथ्यो । यो ट्युमर क्यान्सर नभएको र यो शल्यक्रियापश्चात्त उहाँको जीवनशैलीमा निकै सहजीकरण हुने डा. भण्डारीले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

दुर्गम भेगका जनतालाई लक्षित गरेर नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राविधिक सहयोगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा निःशुल्क हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको छ ।

डा. भण्डारीसहित सम्बन्धित विधाका १८ जना चिकित्सकहरूको टोलीबाट अस्पतालमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया एवं ओपीडी सेवा लिनेहरूको भिड छ । शिविर जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज