दार्चुला । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् ।
यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते भएका हुन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।
यसअघि पनि यार्सा संकलन गर्न गएका हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts