गोरखा । गोरखास्थित मनकामना मन्दिर धार्मिक रुपमा मात्र होइन पर्यटकीय दृष्टिकोणले पनि प्रसिद्ध छ । वर्षेनी ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू मनकामना दर्शनकै लागि भन्दै यहाँ पुग्ने गर्छन् । तर, मनकामना दर्शनसँगै प्राकृतिक सौन्दर्यतामा रमाउन मनकामना पुग्नेहरू पनि प्रशस्तै भेटिन्छन् । प्रत्येक शनिबार र सोमबार भक्तजनहरूको यहाँ भिड लाग्ने गर्दछ ।















