मुगु हिमपहिरो वेपत्ता अपडेट :

जिउँदो भेटाउने आस मर्यो, घटनास्थलसम्म उद्दार टोली पुग्न सकेन, थप सुरक्षाकर्मी जाँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । मुगु हिमपहिरोमा परि वेपत्ता भएको घटना हप्ता दिन भैसक्दा पनि सुरक्षाकर्मी सहितको टोली घटनास्थलसम्म पुग्न सकेको छैन ।

हिमाल तथा पाटनहरूमा १० फिट भन्दा बाख्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेका कारण सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेका हुन् । उनीहरूलाई घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाई हुँदा उद्दारमा गएको टोली जति प्रयास गरेपनि त्यहाँ पुग्न नसकेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश बस्नेतका अनुसार सुरक्षाकमीहरूले छापाखोलामा बेस क्याम्प खडा गरेर प्रत्येक दिन विहानै घटनास्थलसम्म जान हिडेपनि बाख्लो जमेको हिउँ र छिन छिनमा हिउँ परिरहँदा प्रत्येक दिनका प्रयासहरू निरर्थक भैरहेको र खटिएका सुरक्षाकर्मीहरू एकपछि अर्को विरामी हुन थालेकाले जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र विरामी परेकाहरूलाई फिर्ता बोलाईएको जानकारी गराउनु भयो ।

ADVERTISEMENT

वेपत्ता भएको हप्ता दिन वित्तिसकेकाले हराएकाहरू मध्ये कोही जिउँदो होलान भन्ने आश मरिसकेको उहाँले बताउनुभयो । अब जेठ ४ गते पाटनहरूमा यार्सागुम्वा टिप्न प्रवेश खुल्ला हुने भएकाले त्यो बेला सुरक्षाकमीहरू सुरक्षा दिन जाने र संकलकहरू टिप्न सयौं संख्यामा पाटनमा पुग्ने भएकाले वेपत्ताहरूको खोजी त्यो बेला सहज हुन सक्ने प्रनाउ बस्नेतले बताउनु भयो ।

उहाँले भन्नुभयो, खोजीको टोलीसंगै गएका बेपत्ता भएका व्यक्तिहरूका आफन्तहरू पनि घर फर्किसकेका छन् । पाटनको अवस्था, परिस्थिति, कठिनाई सबै उहाँहरूले बुझेर अब खोजी गर्न गाह्रो छ, हामी पनि विरामी भयौं पाटन खुलेपछि सुरक्षाकर्मी वा यार्सा संकलकहरू कसैले वेपत्ताहरू भेटाए खबर गरिदिनु होला भन्दै घर तर्फ फर्किएको उहाँले बताउनुभयो ।

गत २२ गते मुगुको मुगुम कार्मारोंग गाँउपालिका १ र २ वडामा पर्ने च्याँखु लेखमा हिउँ पहिरो आउँदा यार्सा टिम्न पाटनमा पुगेका जुम्ला पातारासि गाँउपालिका–२ तल्फि गाँउका १५ जनामध्ये ४० बर्षीय तारासिंह सार्की, ३५ बर्षीय पुन्न सार्की ३५ बर्षीय बिर बोहोरा वेपत्ता हुनुभएको थियो ।

वेपत्ताको सूचना पाउना साथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम गमगढीबाट गएको सुरक्षाकर्मीको टोली गएको थियो । तर, घटनास्थल नजिक हेलिकप्टर अवतरण गर्न अनुकुल मौसम नभएपछि सिरानी चौरमा अवतरण गरि हेलिकप्टर फर्किएको थियो भने टोली त्यहाँबाट तीन घण्टामाथि र घटनास्थल च्याखुलेख भन्दा चार घण्टा तल रहेको छापा खोला भन्ने स्थानमा बास बसेर प्रत्येक विहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरी प्रयास गर्ने र साँझ बासस्थान फर्किने गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?