धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । सो अभियान अन्तर्गत हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।
फरार रहेका गुरुङलाई खोजतलास गर्ने क्रममा बैशाख २६ गते मंगलबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि बैशाख २७ गते बुधबार कारागार कार्यालय धादिङ चलान गरिएको प्रहरीले जनाएको छ ।






