रामायण कथामा आधारित ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

चलचित्र ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनित चलचित्र ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक गरिएको हो । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ ।

आदिपुरुष थ्री–डी फिचर चलचित्र हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ । यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने चलचित्रको निर्माण पक्षले बताएको छ ।
हिन्दी र तेलेगु भाषामा छायांकन भएको यो चलचित्र ओम राउतले निर्देशन गर्नुभएको हो ।

ADVERTISEMENT

यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ । चलचिमा कृति, प्रभास, बाहेक सैफअली खान, अमिताभ बच्चन, काजोल, सन्नी सिंह, किर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय छ । यो चलचित्र जुन १६ देखि प्रदर्शमा आउने भएको छ ।

- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?