एमालेको केन्द्रीय समिति बैठक आजबाट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

एमालेका प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार यसअघि झापामा गर्ने तय भएको बैठक संसदीय काममा केन्द्रीय हुनुपर्ने भएकाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो । बैठक बैशाख २८ गतेदेखि ३० गतेसम्म चल्नेछ ।

ADVERTISEMENT

बैशाख २६ गतेमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?