जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मुसहर महिला

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । हरिपुर नगरपालिका वडा नं ५ असनमाकी द्रौपदी देवी माझीले आफ्नो घर छेवैको ८ कठ्ठा जमिन भाडामा लिएर बिभिन्न मौसमी तथा बेमौसमी जातको तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले मलंगवा निवासी सियाराम बनियाको जमिन बार्षीक २० हजार तिर्ने गरी ८ कठ्ठा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएकाे छ । आफुले जमिनको मालिकलाई कहीले नदेखेको बताउदै बार्षीक रुपमा भाडा भने स्थानिय तुलाई शाहलाई बुझाउने गरेको उहाँले बताउनु भयाे ।

हिउँदमा बन्दा, काउली, सिमी, भन्टा, गोलभेडा र बर्षातमा लौका, फर्सी, काँक्रो, बोडी, करेला, भिन्डीलगाएतका तरकारीहरु उत्पादन गरेर मासीक सालाखाला १५ हजार देखी २० हजार सम्म आम्दानी हुने गरेको द्रौपदी देवी माझीले बताउनुभयाे । खोलाको नजिक भएपनि सिचाँईको सुबिधा नभएको हुँदा सुख्खा मौसममा जमिनमा उब्जनी कम हुने गरेको उहाँको गुनासो छ । दुई बर्ष पहिले सम्म ७ जनाको परिवारमा बिहान बेलुका खान समेत धौधौ हुने गरेको थियो । उहाँका छोराहरुले कहिलेकाही नदिमा बालुवा झिक्ने मजदुरी गर्दथे । पछि उहाँ र उहाँको श्रीमान दुबै मिलेर तरकारी खेती गर्न थालेपछि खान लाउन पुगेको उहाँ बताउनुहुन्छ ।

उहाँ अन्डेफको सहयोगमा साउथ एसिया पार्टनरशीप नेपाल द्धारा संचालित मुसहर महिला सशक्तिकरण मन्चमा आवद्ध भएर तालिम लिए पछि जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बारे जानकारी पाएर खेती गर्न शुरु गनुृभएकाे हाे । साप नेपालले समुह मार्फत बंगुर पालनको लागी उहाँलगाएत समुहका अन्य १० जनालाई जनही ७ हजार रुपैयाको दरले ७० हजार सहयोग गरेको साप नेपालका प्रादेसीक संयोजक जनक कार्कीले बताउनुभयाे । यस अघि समुहको कोषमा जम्मा हुने गरी २ लाख रुपैयाँ समुहको खातामा जम्मा गरेको उहाँले बताउनुभयाे । हाल उनिहरु समुहमा बसेर नियमित मासिक बचत समेत गर्दै आईरहेका छन ।

ADVERTISEMENT

तराई मधेसका अति सिमान्तकृत एवं पछाडी पारीएका दलित समुदाय अन्तर्गत पर्ने माझी, मुसहर समुदाय आर्थिक, सामाजिक शैक्षिक रुपमा पछाडी परेका छन । आफ्नो भनेपछी खुट्टा टेक्ने समेत जमीन नभएका मुसहर समुदायलाई राज्यले पनि बेवास्ता गरेको बताउछन । निम्न आय कठिन जिवनस्तर भएका दलित तथा बिपन्न बर्गको लागि राज्यले बिशेष सहुलिएत दिने भने पनि ति कुरा चुनावी नारामै मात्र सिमित भएको र स्थानिय सरकारलगाएत सरकारी निकायबाट हाल सम्म पनि कुनै सहयोग नपाएको मुसहर समुदायले गुनासो पोखेका छन ।

नगरपालिका संग आय आर्जनको लागी बाख्रा, बंगुर, तरकारीको बिउ बिजन माग गरेपनि नदिएको समुहका अगुवाहरु बताउछन । राज्यले बिउ बिजन, औषधी उपकरण र प्रबिधिक तालिम दिएमा समुदायका अन्य महिलाहरु पनि तरकारी खेती बाट आए आर्जन गर्न सक्ने उनिहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?