दस फिट बढी हिउँ जमेकाले हिम पहिरोमा वेपत्ताहरुको खोजिमा समस्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु हिम पहिरोमा परि वेपत्ता भएकाहरुको खोजीमा मंगलबार देखि सुरक्षाकर्मीहरु लागी परेपनि पाटन तथा हिमालमा बाक्लाे हिउँ जमेकाले खोजी कार्यमा समस्या भैरहेको बताईएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत २४ गते वेपत्ताहरुको खोजीका लागी नेपाल सरकारले सुरक्षाकर्मीसहित २३ जना घटना स्थलमा पठाएको थियो । सुरक्षाकर्मीहरुले घटना स्थल भन्दा ४ घण्टा तल बेशीमा रहेको छापाखोलामा बेस क्याम्प राखी विहानै घटना स्थल तर्फ वेपत्ताको खाजीमा जाने र बेलुका क्याम्पमा फर्कने गरेका छन ।

मंगलबारबाट खोजी कार्य शुरु गरेपनि घटना स्थलसम्म पुग्न सुरक्षाकर्मीहरु सकिरहेका छैनन । बाटोमा बाक्लाे हिउँ छ सुरक्षाकर्मीहरुले जानकारी दिएअनुसार पाटन तथा हिमालमा १० फिटसम्म हिउँ छ, बाटो पत्ता लगाउन सकिएको छैन, जताततै सेताम्य छ , खोजीमा गएका सुरक्षाकर्मी नै खोजीमा पर्न सक्ने अवस्था रहेको छ । मंगलबार दिनभरीको प्रयास सफल हुन सकेन बुधबार पुन प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक मोहन बहादुर बस्नेतले बताउनु भयो ।

घटना स्थलमा सुरक्षाकर्मीहरु खुल्ला आँखा, परम्परागत शैली डोरी, लठ्ठीको सहाराले बेपत्ताको खोजीमा लागी रहेका छन,बाक्लाे हिउँ छ त्यस माथी हिउँ पनि परिरहेको छ मौषम छिनछिनमा फेरबदल हुन्छ साह्रै समस्या छ प्रनाउ बस्नेत भन्नुहुन्छ सुरक्षाकर्मीहरु नै जोखिममा पर्ने अवस्था छ ।

ADVERTISEMENT

गत २२ गते मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं १,२ वडामा पर्ने च्याँखु लेखमा हिउँ पहिरो आउँदा यार्सा टिम्न मुगुका पाटनमा पुगेका जुम्ला जिल्ला पातारासि गाँउपालिका वडा नं २ तल्फि गाँउका १५ जना मध्य तारासिंह सार्की (४०), पुन्न सार्कि (३५) र बिर बोहोरो (३५) वेपत्ता भएका थिए ।

हिउँ पहिरोमा वेपत्ता भएका मध्य पुन्न सार्कीको लास संगै गएका साथीहरुले निकालेर पाटन मै छोडी सदरमुकाम गमगढी आएपनि बेपत्ताहरुको खोजी गर्न सुरक्षा टोलीसहित पुग्दा छोडेको लास पत्ता लगाउन नसकिएको सायद पुन हिउ पहिरो आई फेला परेको लाख पनि वेपत्ता पारेको हुनसक्ने सुरक्षा निकायले बताएको छ ।

गाँउपालिकाले व्यवस्थित रुपमा यार्सा पाटनहरुमा संकलकहरु पठाउन आगामी जेठ ४ गते प्रवेश खुल्ला गर्ने सुचना गरिरहे पनि प्रवेश मिति भन्दा अगावै चोरी बाटोबाट पाटनहरुमा मानिसहरु पुग्दा जोखिममा पर्ने गरेको छन ।

वैधानिक रुपमा यार्सापाटनहरुमा पुग्ने संकलकहरुलाई गाँउपालिकाले यार्सा दुर्घटना विमा गरेको छ । यदी कोही दुर्घटनामा परि घाईते भए उपचार र मृत्यु भए परिवारलाई विमा रकम पाउने भएकाले जाेखिम मोलेर लुकीछिपी पाटनहरुमा नजान र स्थानिय सरकारले तोकेको शुल्क तिरी सुरक्षाकर्मी र सुरक्षा टोलीहरुको निगरानी, सम्पर्कमा रहेर यार्सागुम्वा टिप्न जान हुन मुगुम कार्मरोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले सामाजिक संजालमा सुचना जारी गदै सबैमा आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज