मुम्बई । अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दै हुनुहुन्छ । हालैमात्र उहाँको चलचित्र ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो ।
यो वर्ष रजनीकान्त दुई चलचित्रमा देखिँदै हुनुहुन्छ । उहाँ अर्को चलचित्र ‘लाल सलाम’मा पनि देखिँदै हुनुहुन्छ । यो चलचित्रमा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ । ऐश्वर्या आठ वर्षपछि निर्देशनको कुर्सीमा बस्नुभएको हो । चलचित्रले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ ।
क्रिकेट खेलको कथालाई उतारिएको चलचित्रमा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ । चलचित्रमा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाउनुभएको । चलचित्रको फस्टलुक सार्वजनिक भइसकेको छ । सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाउनुभएको छ ।
सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक चलचित्रमध्ये एक हो । यो चलचित्रमा उहाँले मुम्बईको एक डनको भूमिका निभाउनुभएको थियो ।
चलचित्रमा उहाँको चरित्रको नाम मानिक थियो, तर उहाँले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्नुहुन्छ ।
२८ वर्षअघि रिलिज यो चलचित्र रजनीकान्तको सफल चलचित्रमा पर्छ । यो चलचित्र १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा