लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts