काठमाडौं । नेकपा एमालेका पुर्ब सांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझी इंगित टिप्पणी दिनुभएकाे छ ।
उहाँले एक दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाउनुभएकाे छ ।
‘फरारको अर्थ अपराध स्विकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन, सुशाषनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’
नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पुर्जी जारी गरिए पछि एमाले सचिव रायमाझी फरार भए पछि उहाँको यो टिप्पणी आएको हो ।






