नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बुटवल । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ ।

कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

ADVERTISEMENT

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा  यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।

कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिया ठेकेदार कम्पनिले जनाउँदै आएको छ भने चिनियाँ कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज