बझाङमा जीपको ठक्करबाट दुई बालिका घाइते

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङमा जीपको ठक्करबाट दुई बालिका घाइते भएका छन् । चैनपुरगोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका ४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिदा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका दुई बालिका घाइते भएका हुन् ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका ९ वर्षिय आयुस्मा विष्ट र भावना विष्ट रहेका छन् । आयुस्मा विष्टको टाउको, ढाड र छाती चोट लागेको छ भने भावना विष्टको टाउको ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल स्रोतले जनाएको छ । घाइते दुबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

चैनपुरबाट खप्तडछान्ना तर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका ४ पानकोट पुल अगाडी भीडमुनीमा ठक्कर दिएर फरार भएको जीप जयपृथ्वी नगरपालिका ५ कोटेलीबाट नियन्त्रणमा लिइएको लिइएको प्रहरीले जनाएको छ ।

अहिले चालक र जीप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख जागेश्वरी भण्डारी बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज