काठमाडौं । सनराइज बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ७ कलुवापुरमा १०१औँ र डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालिका ५ देवल दिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखारहित सेवासँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवल दिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत सेवा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले हाल १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, १६२ एटिएम र १०२ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच