प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ ।

एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव आज (बुधवार) संसद सचिवालयमा दर्ता भएको हो ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

ADVERTISEMENT

नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए । एमालेले कोसी नामले सबैको पहिचान समेट्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज