नेपोलीलाई ३३ वर्षपछि सिरी ‘ए’ को उपाधि

Read Time = 1 min

टुरिन । नेपोली क्लबले ३३ वर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा उडिनेससँग एक-एक गोलको बराबरी खेल्दै नेपोलीले पाँच खेल बाँकी रहँदै सिरी ‘ए’को उपाधि पक्का गरेको हो । दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएपछि अब बाँकी खेलमा पराजित भए पनि नेपाललाई कसैले भेट्न नसक्ने भएको हो । योसँगै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नेपोलीले यसअघिका सन् १९८७ र १९९० मा उपाधि जितेको थियो ।

ADVERTISEMENT

खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट उडिनेसले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएसँगै नेपोली च्याम्पियन बन्यो । नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ले पछिल्लो तीन सिजनमा तीन फरक च्याम्पियन पाएको छ । युभेन्ट्सले लगातार नौ सिजन सिरी ‘ए’को उपाधि जितेयता त्यसपछिको तीन सिजनमा इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?