आशा र स्वस्तिका सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिाका थारू २१औं राष्ट्रिय पुरुष खुला तथा १४औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता अन्तर्गत महिला ५० केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उहाँहरूसँगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र)को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष खुलामा नेपाल आर्मीका विनय सिंह, एपीएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङ्तान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आइकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्मा क्वार्टरफाइनलमा पुग्नुभयो ।

ADVERTISEMENT

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताको महिला खुलामा आर्मीकी मञ्जु विक, एपीएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वार्टरफाइनलमा पुग्नुभयो ।

प्रतियोगिताको संघीय सांसद् पशुपतिशमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयोे । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो । चार स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?