बागलुङमा एचआइभी संक्रमतिको संख्या बढ्दो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । केही वर्ष अगाडिसम्म देशभर एचआइभी संक्रमतिले परीक्षणपछि आफ्नो रिपोर्ट पोप्य राख्थे । संक्रमितले रिपोर्ट गोप्य राखेर औषधी सेवन पनि कम गर्थे । तर पछिल्लो समय संक्रमित व्यक्तिले समुदायलाई नै सजक बनाउन थालेका छन् । संक्रमति खुल्न थाले पनि बागलुमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो ।
बागलुमा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् ।

गत वर्षको असार मसान्तसम्म १६९ संक्रमित रहेकोमा यस वर्ष १२ जना संक्रमित रहेको धौलागिरी अस्पताल एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले बताउनुभयो । संक्रमित मध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा छन् । यस पालिकामा ८९ जना संक्रमित रहेको उहाँको भनाई छ । एआरटी सेन्टरको तथ्यांक अनुसार काठेखोला गाउँपालिकामा २२ जना ताराखोला गाउँपालिकामा ७, निसीखोलामा ६, तमानखोला गाउँपालिकामा ३, बडिगाडमा १०, ढोरपाटन नगरपालिकामा ५, गलकोट नगरपालिकामा १९, जैमिनी नगरपालिकामा १६ र बरेङ गाउँपालिकामा एक जना संक्रमित रहेको एआरटी प्रमुख आचार्यले जानकारी दिनुभयो  ।

जिल्लाभित्र बसोबास गर्ने र अन्य जिल्ला ठेगाना भएका तीनजना संक्रमित छन् । संक्रमित सबैले नियमित एआरटी लिएका छन् । पुरुषभन्दा महिला नै बढी संक्रमित छन् । बागलुङ ७९ जना पुरुष र ९६ महिला संक्रमित छन्  । एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने धौलागिरि पोजेटिभ समूहमार्फत २१ जना बालबालिकाले सेवा लिएका छन् । जसमा ६ जना बागलुङका रहेका छन् भने अन्य छिमेकी जिल्लाका बालबालिका रहेको धौलागिरि पोजेटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताउनुभयो  ।
संक्रति बालबालिकाका संस्थाले मासिक एक हजार रूपैयाँ सहयोग गर्दै आएको छ । संक्रमित बालबालिकाको पोषण र अन्य सुविधाका लागि संस्थाले राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल साझेदारीमा सेभ द चिल्डेन र ग्लोबल फन्डको सहयोगमा कावा कार्यक्रम सञ्चालन गर्दै आएको छ । धौलागिरि अस्पतालमा एआरटी सेवा लिन आउने संक्रमितका लागि खान–बस्नको समेत व्यवस्था गर्न पोजेटिभ समूहले हेरचाह केन्द्र सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष खत्रीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– “संक्रमतिलाई हाम्रो संस्थामार्फत हेरचाह केन्द्र संचालन गरेका छौँ, अहिले बालबालिकाको खातामा मासिक रूपमा एक हजारका दरले राखिदिन्छौँ, अन्यका लागि हेरचाह केन्द्रमा खान–बस्नको व्यवस्था गरेका छौँ, उहाँहरू अस्पतालमा आउँदा यहाँ बस्नुहुन्छ, संस्थाका कर्मचारीसँग समन्वय गरेर सेवा लिएर फर्कनुहुन्छ ।”

ADVERTISEMENT

संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अहिले पनि थुप्रै एचआइभी संक्रमितले खुलेर जीवन जिउन नपाएको उनले बताए । समाजमा संक्रमितका लागि अझै पनि लाञ्छना तथा भेदभाव रहेको खत्री बताउँछन् । ‘म आफैँ पनि नेपाल प्रहरीको जागिरे थिएँ । त्यहाँ पनि विभेद हुने डरले जागिरबाट अवकाश लिएँ,’ खत्री भन्छन्, म त बल्लतल्ल हिम्मत जुटाएर सार्वजनिक भएँ तर मजस्ता कैयौँ एचआइभी संक्रमितहरू अहिले पनि समाजको डरले खुल्न सकेका छैनन् ।’ संक्रमितलाई समाजले हेर्ने नजर गलत हुँदा एचआइभी संक्रमितले रोग लुकाएर राख्ने गरेको र त्यसले भित्रभित्रै भयानक रूप लिने गरेको उनको बुझाइ छ ।

विगतमा भन्दा संक्रमितहरू खुल्दै गएको र संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय बाग्लुङका एचआइभी एड्स फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । समाजले गर्ने छिछिः र दुरदुरको व्यवहारले अधिकांश रोग लुकाएर बस्ने गरेका छन् ।

एचआइभी एड्स हुँदैमा जीवन समाप्त हुन्छ भन्ने सोच अझै पनि केहीमा रहेको र समाजले हेर्ने दृष्टिकोणका डरले संक्रमितहरू खुल्न डराएको घिमिरेको भनाई छ । खासगरी धेरैजसो असुरक्षित यौन व्यवहारका कारण एचआइभी संक्रमित हुने गरेको पाइएको उहाँ बताउनुहुन्छ  ।

समाजमा एचआइभी कसरी सर्छ र कसरी सर्दैन भन्नेबारे भ्रम रहेका कारण पनि संक्रमित हुनेहरूको संख्या बढी हुने घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज