मोरङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

ADVERTISEMENT

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?