गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार हुनुपर्छः माधव नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

आज (बुधबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरेर पीडा दिइरहेको समेत गुनासो गर्नुभयो । कर्णालीमा आफ्नो पार्टीलाई बाइपास गरेर दुस्ख दिइरहे कुनैपनि बेला गठबन्धन टुट्न सक्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। प्रचण्ड जीलाई भन्न चाहन्छु, यसले गठबन्धनलाई धरापमा पार्न सक्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज