दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
लुम्बिनी प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । चार सिट रहेको राप्रपा तटस्थ बसेको छ ।
गत शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गर्नुभएकाे थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements