लोकतन्त्रको रक्षा चुनौती बन्दै: गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

महोत्तरी । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा  माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताउनु भएकाे छ । महोत्तरीमा आयोजित एक कार्यक्रममा उहाँले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरुका प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताउनु भएकाे हाे ।

'शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन,' उहाँले भन्नुभयाे । माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

ADVERTISEMENT

राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उहाँले बताउनुभयाे । उहाँकाअनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज