काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘दौँतरी’ मा मोडल गरिमा शर्मा अनुबन्धित हुनुभएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको यस चलचित्रमा गरिमालाई निर्माणपक्षले अनुबन्धित गरेको हो ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा आर्यन र गरिमासँगै मुकुन भुसाल र साक्षी लम्सालको मुख्य भूमिका रहनेछ ।
छिरिङ तेन्दुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले निर्माता रहेको चलचित्रको छायांकन वैशाख अन्तिमबाट सुरु गर्ने तयारीमा निर्देशक भट्टराईले जानकारी दिनुभयो । चलचित्र पारिवारिक र प्रेम कथामा बन्ने उहाँको भनाइ छ ।






