काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताउनुभएको छ ।
शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताउनुभएको हो । उहाँले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाउनु भयो ।
उहाँले वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाउनु भयो । उहाँले नेताहरुलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गर्नुभयो । उहाँँले वर्तमान राज्यसत्ता थोरै मानिसको हीतको लागि मात्रै केन्द्रित भएको बताउनु भयो । उहाँले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहीत गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँको दृष्टिकोणलाई हामी समर्थन गर्दछौँ, आविष्कारको लागि चाहिने श्रोत, साधन राज्यले जुटाउनुपर्छ । हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो, जनतासँग प्रतिवद्ध राज्य भनेको यही हो । अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हीतको लागि मात्रै भयो । नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव छैन । खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद । यो सत्ताको लुछाचुँडी र धनवादीहरुको प्रवेश भएको छ । अयोग्य भनेर ल्याएकोलाई एक अर्ब छुट्याउनसक्ने त्यसलाई आर्थिक संकट लाग्दैन, यो नाटक मात्रै हो । नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहीत गरिरहेको छ ।’
पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवद्र्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts