पाटनकी पूर्वकुमारीको फोटो प्रदर्शनी

Read Time = 1 min

ललितपुर । फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्शाउने फोटो प्रदर्शनी सुरु भएको छ ।

विसं २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जीवित देवी कुमारीको रूपमा पुजिनुभएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’सम्मको जीवनीलाई तस्वीरमा संग्रहित गरेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले बताउनुभयो ।

ADVERTISEMENT

पाटन संग्रहालयमा मंगलबारदेखि सुरु भएको प्रदर्शनीको उद्घाटन ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले गर्नुभएको थियो । प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ । पूर्वकुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्वीरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी प्रष्ट्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?