-सरोज निरौला
उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ यसोधा खोलामा घाईते अवस्थामा रहेको दुर्लब पोथी जातको ध्वासे चितुवालाई उद्दार गरी चितवन राष्ट्रिय निकुन्ज पठाएको छ ।
डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लब ध्वासे चितुवाको उद्दार गरेको हो।
बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाईते चितुवालाई चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाईएको डिभिजनल वन अधिकृत डा ईन्द्र प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसुची १ मा रहेको ध्वासे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तिन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।
वन कर्मचारीले गस्तिको क्रममा वेलकाको वन क्षेत्रमा घाईते अवस्थामा फेला परेको चितुवालाई भेटिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु बन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरि थप उपचार र संरक्षणको लागि चितवन पठाईएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।






