बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदाताको भावनाअनुसार अघि नबढेकै कारण उपनिर्वाचनको नतिजा कांग्रेसका लागि कमजोर आएको बताउनुभएको छ ।
नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
नेता कोइरालाले उपनिर्वाचनमा कांग्रेसले सहेको हारको दोष कुनै एक जनामाथि मात्रै थोपर्न नमिल्ने बताउनुभयो ।
उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरूरी रहेको उहाँको भनाइ छ ।
नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो ।
नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements