बर्दिया । बर्दियास्थित वगलामुखी मन्दिरका अध्यक्ष तथा प्रजातान्त्रिक आन्दोलनका अथक अभियन्ता खेटराज पोख्रेलको स्मृति सम्मानमा अक्षय कोष स्थापना गरिएको छ ।
पोख्रेलका छोरा सिटिजन्स वैंकका कार्यकारी प्रमुख गणेशराज पोख्रेलले एक लाख एक हजार मन्दिरलाई प्रदान गरी पिताको स्मृतिमा अक्षय कोष राख्नु भएको हो ।
यसअघि स्व.पोख्रेलकै पहलमा एक लाखको मुद्दति खातामा राखिएको रकमको व्याजबाट मन्दिरमा पूजा व्यवस्थापन गरिएको र त्यसमा पचास हजार रकम गणेशराजले नै प्रदान गर्नुभएको जानकारी मन्दिरका प्रमुख पूजारी डिल्लीप्रसाद उपाध्याय दाहालले दिनुभएको छ ।

खेटराज पोख्रेलको गत चैत २५ गते निधन भएको थियो । वगलामुखी मन्दिरका अध्यक्षका रुपमा चारदशकसम्म मन्दिरको व्यवस्थापन गर्नुभएका, नेपाली कांग्रेसका स्थानीय इकाइहरूमा रहेर लोकतन्त्रका निम्ति निरन्तर कार्य गर्नुभएका पोख्रेलको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा पोख्रेलको स्मृतिमा एक स्मारिका प्रकाशन गर्ने, उहाँको स्मारक उचित स्थानमा निर्माण गर्ने विषयमा वक्ताहरूले प्रस्ताव गरेका थिए ।
ज्येष्ठ सदस्य तथा पोख्रेलका सहकर्मी दीनानाथ (मुरारी) वख्रेलको सभापतित्वमा सम्पन्न शोक सभामा समाजसेवी अजीतकुमार शर्मा, राधाकृष्ण थारु जनसेवा केन्द्रका संस्थापक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, ज्येष्ठ नागरिकद्वय गोविन्द उपाध्याय पोख्रेल, श्रीधर गौतम, वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, कानुन व्यवसायी वासुदेव चौधरी, राजनीतिकर्मी टीका अधिकारी, मन्दिर व्यवस्थापन समितिका सदस्य निर्मला मैनाली, पत्रकार यादव आचार्य र राकेश वस्यालसहित मन्दिरका पूजारी डिल्लीप्रसाद उपाध्याय दाहालले स्वर्गीय पोख्रेलको योगदानका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts