सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएकाे छ ।

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएकाे हाे ।

ADVERTISEMENT

सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताउँदै उहाँले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताउनु भयाे । सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज