मौलाकाली केबलकार वैशाख १८ गतेदेखि सञ्चालन

Read Time = 1 min

काठमाडौं । मौलाकाली केबलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुरको गैंडाकोट १ मा निर्माण भएको केबलकार वैशाख १ गतेदेखि परीक्षण सञ्चालनमा रहेको छ ।

केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु भएको थियो । गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ गोन्डला रहेका छन् ।

ADVERTISEMENT

केबलकारमार्फत् बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब पाँच मिनेट लाग्ने बताइएको छ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङ्क्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?