लुम्बिनी प्रदेशमा काम चलाऊ मुख्यमन्त्री, फेरि लिला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्बिनी प्रदेशको काम चलाऊ मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई काम चलाउन सरकारको मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । तर, प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुँदासम्म गिरीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ।

 
ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार  

प्रदेश सभाबाट विश्वासको मत नपाएपनि नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा २ अनुसार फेरि लुम्बिनी प्रदेशमा लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ ।

ADVERTISEMENT

एमालेका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अब धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी गरेको वताउनु भयो।

उहाँले प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उहाँले त्यसमा ठुलो दलको हैसियतमा एमालेले एक महिना सरकार चलाउन पाउने अवस्था रहेको वताउनु भयो । प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अर्को धारामा जान नमिल्ने जिकिर गर्दे आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठुलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’
एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै धारा ३ जानुपर्ने जनाएको छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

यद्यपि, प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अन्र्तगत आह्न गर्ने भन्ने अहिले सम्म केहि खुलाएको छैन । प्रदेश प्रमुखको कार्यलयले अहिले सम्म केहि आधिकारीक जानकारी दिएको छैन।

लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज