‘अमध्यम’को ‘बैशालु’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । सुजल रानाको स्वर, सिओन जिओनको गीतार, ओम शंकर श्रेष्ठ र अमध्यम व्याण्डको शब्द, विजय विश्वकर्माको बेस गीतार, सेठ सुनार र कमल कार्कीको ड्रम, सन्ध्या रसाइलीको ब्याक भोकल रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा साजन श्रेष्ठ र सिओन जिओनको मिक्सिङ तथा एरेन्ज, साजन श्रेष्ठको मास्टरिङ र म्युजिक हबको स्टुडियो छ । द नेक्स्ट लेभल प्रोडक्सन टिमले तयार पारेको भिडियोमा यशोधा क्षेत्री, अभिषेक गैरी, सबनम काफ्ले, सम्मन शर्मा, सविना क्षेत्री, ओरियल थापा, तारा केसी, बिमा थापा मगर, अर्जुन कार्की, सोम गुरुङ, सिशान्त पाण्डे, अंकित राना, उत्सव मगर, निश्कल कालिराज र बब (पब द डग)लाई फिचर्ड गरिएको छ ।

ADVERTISEMENT

भिडियोमा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ । आकाशकै छायांकन, सम्पादन र कलर, रमेश रिजालको कथा, अस्विन केसीको कथा सिर्जना, रोविन तामाङको आर्टिष्ट मेनेजमेन्ट र अशोक थापाको प्रोडक्सन मेनेजमेन्ट छ ।

व्याण्डमा भोकलमा सुजल राना, ड्रमरमा कमल कार्की, गीतारमा सिओन जिओन र बासिस्टमा विजय विश्वकर्मा हुनुहुन्छ । यो व्याण्ड बुटवलका अशोक थापाले सन् २०१६ स्थापना गर्नुभएको हो । उहाँ अहिले व्याण्डको व्यवस्थापन गरिरहनु भएको छ । वैकल्पिक फोक रक व्याण्डका रूपमा स्थापित व्याण्डले सन् २०२१ एलबम ‘लक्ष्य’मा रहेको ‘चाचाहुइ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?