बझाङको बित्थडचिर गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङको बित्थडचिर गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । गाउँपालिकाको बिशेष पहलमा गत शुक्रबार देखी औपचारिक रुपमा बित्थडचिर गाँउपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएको गाउँपालिकाले जनाएको छ ।
बित्थडचिर गाउँपालिकाको सहयोग र गेटा आँखा अस्पतालको समन्वयमा आँखा उपचार केन्द्र संचालनमा आएसंगै आखाँका विरामीहरुले सामान्य आखाँको उपचारको लागि डडेल्धुरा, धनगढी, काठमाडौ धाउनुपर्ने बाध्यता हटेको छ । यस्ता राम्रा कार्यको प्रारम्भ गर्ने जनप्रतिनिधि लगायत पहल गर्ने सबैलाई स्थानियले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

आँखा उपचार केन्द्र देउलेक प्राथमिक स्वास्थ्य केन्द्रको भवनको पहिलो तलामा रहेको छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज