विचार मिल्ने कम्युनिष्ट पार्टीहरु छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने : अध्यक्ष नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 10 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताउनु भएको छ ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताउनु भयो ।

ADVERTISEMENT

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गर्नु भयो । सो अवसरमा उहाँले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘आज पनि कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ । यो राम्रो पक्ष हो कि नराम्रो पक्ष हो ? मलाई त कहिलेकाँही राम्रो पनि लाग्छ । किन राम्रो लाग्छ भने हिजो म टुडिखेल गएको थिए । टुँडिखेलको फोटो मैले खिँचेको छु । त्यहाँ पनि मान्छेहरुलाई ओइरिएका थिए । रातो झण्डा फहराईरहेका थिए । कम्युनिष्ट पार्टी जिन्दावाद भनिरहेका थिए । माक्र्सवाद लेनिनवादप्रति गौरवबोध गरिरहेका थिए । कमसेकम अलग्गै पार्टी भएपनि जनतामा चेतना जगाउने काम त गर्दै हुनुहुन्छ । कम्सेकम, बुर्जुवा पार्टी, प्रतिक्रियावादी पार्टीमा त जानु भएन । कम्युनिष्ट पार्ट मै त रहनु भयो । यसरी विभिन्न पार्टीहरु छन । यस्ता पार्टी हुनु राम्रो कुरा पनि हो । तर अर्को कुरा यो नराम्रो कुरा पनि हो । यो सानोसानो पसल थापेर अनि शक्ति विभाजित गरेर त्यसको फाईदा दक्षिणपन्थी शक्तिहरुले उठाउँछन । यो दक्षिणपन्थी शक्तिहरुले फाइदा नउठाउन भन्नका लागि सबै कम्युनिष्ट पार्टीहरु एकठाउँमा उभिन सक्यो भने, एउटै शक्तिको रुपमा उभिन सक्यो भने, यी पाँच वटा औंलाहरु मुठीको रुपमा आउन सक्ने हो भने यो देशको राजनीतिमा, देशको परिवर्तनको अभियानमा अपरिहार्य रुपमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ । जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि छन । विश्वास गरेका पनि छन । पत्याएका पनि छन । त्यही पत्याएका कारणले हामीले पटक पटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका छौं । मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुलाई अनुशरण गरेर अघि बढनुपर्ने प्रण गर्नु पर्दछ । जनताले हामीलाई पत्याएका पनि हुन । २०७४ सालको चुनावमा हामीलाई अवसर दिएका पनि हुन । त्यो अवसरलाई हामीले वास्तवमा सदुपयोग गर्न सकेको भए हामी सबै एकैठाउँमा गोलबन्ध हुने थियौं । ठूलो भनिएका तत्कालिन नेकपा एमाले, त्यसपछि नेकपा (माओवादी केन्द्र) यी दुई वटै पार्टी एकतावद्ध भईसकेको थियो । दुई वटै पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भईसकेको थियो । त्यो पार्टी अगाडि बढिरहेको थियो । माओवादी केन्द्रसहितको नेकपालाई जनताले झण्डै दुई तिहाई मत दिएका थिए । त्यो अवसरलाई प्रयोग गर्न सकेको भए, सदूपयोग गर्न सकेको भए, सबैको सामूहिक बुद्धि, ज्ञान, क्षमतालाई राम्ररी परिचालित गर्न सकेको भए कम्युनिष्ट पार्टीले कहिल्यै पनि दोस्रो बन्नेअवस्था आउने थिएन । समाजमा परिवर्तनको अभियानले गति लिने थियो । हामीले आज समाजमा समस्या नै समस्या देखिराखेका छौं । शासन प्रणालीमा विकृति र विसंगति देखिरहेका छौं । भ्रष्टिकरणको प्रवृत्ति देखिरहेका छौं । गरिवी, अभाव र अनकौ किसिमका यातनाले पीडित भएका जनताको क्रन्दन सुनिरहेका छौं । ती सबै सुन्नुपर्ने अवस्था घटदैघटदै जाने थियो । सम्बोधन गर्दै जाने थियौं । र, यो देशलाई समाजवादको बाटोमा अघि बढाउन सक्ने थियौं । तर, त्यो अवसर हामीले गुमायौं । तर फेरी पनि हरेश खानुपर्ने आवश्यक्ता छैन । हाम्रो पार्टीले बाम–समाजवादी शक्तिहरुसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ । र, म धन्यवाद दिन चाहन्छु–नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई, सम्मानीय प्रधानमन्त्रीलाई । उहाँले पनि यो समाजवादी मोर्चाको काम छिटो हामी गरौं भनेर बारम्बार ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं । त्यसका निम्ति हामी अरु समूहहरुसँग पनि कुरा गर्दै, गर्दै जानेछौं । सहभागी हुन चाहनेहरुलाई समाजवादी मोर्चामा आवद्ध गरिनेछ । अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं । किनभने हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको छ । कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन । त्यसो हुनाले हामीले हरेश खानुपर्ने आवश्यक्ता छैन । र, म यही पनि उपस्थित हुन भएको छ –नेकपा मसालका नेता । उहाँलाई भन्न चाहन्छु–सोच्नुस, विचार गर्नुस् । यही भन्न चाहन्छु कमरेड चन्द्रदेव जोशीलाई, उहाँले त सकारात्मक ढंगल सोचि पनि रहनु भएको छ । कुरा पनि भएको छ । अहिले पनि चुनौतिहरु छन । कम्युनिष्ट पार्टीहरु भित्रै पनि व्यक्तिवाद छ । इमान्दार, कम्युनिष्ट आन्दोलनप्रति प्रतिवद्ध भएर अगाडि जुटनु पर्नेछ । नसकिने केही पनि छैन । समाजका सबै समस्याहरु हल गर्न सकिन्छ । महिलाले, दलितले, जनजातिले, पीछडिएका क्षेत्रले, समूदाय, यी सबैले भोगेका पीर र मर्कालाई अरु कसैले हल गर्न सक्दैन । नेपालको राजनीतिको तस्वीर हेर्नुस । विभिन्न पार्टीहरु तिर यसो नजर घुमाउनुस । तपाईलाई आशा दिने शक्ति एउटै मात्रै छ । त्यो हो कम्युनिष्ट पार्टी । कम्युनिष्ट आन्दोलन । त्यसो हुनाले समाजवादको दिशामा अघि बढाएर लैजानका लागि कम्युनिष्टहरु एकतावद्ध हुन आह्वान गर्दछु ।’

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?