जुम्ला । जुम्लामा आखाँ शिविरबाट दुई सय जना बढी लाभान्वित भएकाछन् । जिल्लाको चन्दननाथ नगरपालिका स्थित आँखा अस्पतालमा संचालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनुभयो । जिल्लामा संचालित तीन दिने निःशुल्क शिविरमा मोतियाविन्दुका विरामीको सल्यक्रिया गरिएको आखा अस्पताल जुम्लाले जानकारी दिएको छ ।
शिविरका आठ सय २३ जनाको आँखा जाँच समेत भएको छ । वैशाख ५ गते तीन दिन सम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३, दोस्रो दिनमा एक सय १६ र तेस्रो दिनमा ३२ जनाको अप्रेशन भएको भएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक आचार्यको भनाइ छ । नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको थियो ।
नेत्ररोग विशेषज्ञ डा.सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा यहाँका छ वटा स्थानीय तहसहित छिमेकी जिल्ला कालिकोट वाट समेत बिरामी आएको नेपाल नेत्र ज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतले बताउनुभयो । जुम्लामा लामो समय देखी नेपाल नेत्र ज्योति संघले मोतियाविन्दुका विरामीको उपचार गर्न पाउदा निकै खुशी भएको तिला गाउँपालिका-१ का ज्येष्ठ नागरिक जय बहादुर रावतले बताउनुभयो ।
बस्नेत सँगै ज्येष्ठ नागरिकको टिम लामो समय देखी शिविर संचालन गरेर सेवा दिईरहेको छ । ज्येष्ठ नागरिक कालिबहादुर महतले आखा शिविर मानवीय सेवा भएकाले जुम्लामा संचालन गर्दै आईरहेको बताउनुभयो । यसअघि सिंजाको कनकासुन्दरीमा वैशाख ९ र १० गते निःशुल्क आखा शिविर संचालन भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts