बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाउनुभएकाे छ ।
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्किनु भएका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाउनुभएकाे छ ।
‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भन्नुभयाे, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन ।’ प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गराउनु भएकाे छ ।
बारा-२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts