लुक्ला । सगरमाथा क्षेत्र अहिले दुलही जस्तै श्रृंगारिएको छ । गएको सातादेखि हिउँ परेर हिरा जस्तै टल्किएको छ वरिपरिका हिमालहरू । बिश्वका विभिन्न देशबाट आएका पाहुनाहरू जन्ती जस्तै लर्कन देखिन्छन् । उनीहरू थाक्दैनन् यहाँको सुन्दरताको वर्णन गर्न । थाक्दैन उनीहरूको मन र आखाँहरू । यो तस्बिरहरू लुक्लाबाट तेङ्बोचेसम्म खिचिएको हो । अहिले सगरमाथा चढ्नेदेखि सगरमाथा बेस क्याम्पसम्म जाने पर्यटकहरूको घुइचो देखिन्छ। तस्बिर : पूर्णिमा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
















