विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बिराटनगर । कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ ।

शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु हुनुभएका शहीद लिम्बूको आज अत्येष्टि गरिनु बिराटनगरमा शवयात्रा गरिएको हो ।

ADVERTISEMENT

प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका हुन् । अहिले बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै शहीद घोषणा गरिसकेको छ ।

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिबार अन्त्येष्टि गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?