काठमाडौं । २०७९ चैत २९ गते गोरखा दरबारबाट नुवाकोट जितगढीतर्फको एकीकरण मार्गमा नेपाली सेनाको टोली बैशाख २ गतेदेखि ६ गतेसम्म पाल्पाका कोट, पदमार्ग, गढी र किल्लामा पदयात्रा गरेर ७ गते रुपन्देहीको जितगढीमा पुगेर टुंगिएको छ ।

गोरखाबाट तनहु, स्याङजा हुँदै पाल्पाको केलादीघाटबाट रामपुर हुँदै बाकुमगढी, माथागढी, प्रभास तानसेन, तिनाउको नुवाकोटबाट जितगढीमा पुगेको हो । बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणका समयमा स्थापना भएका श्रीनाथ, कालीबक्स, वर्दवाणी, सवुज र पुरानो गोरख तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा लिएर पदयात्रा गरेका हुन् ।

शार्दुलजंग गुल्म ऐतिहासिक सैनिक पोसाक तथा हतियारसहित थियो । गोरखाबाट तनहुँ, स्याङ्जा हुँदै पाल्पाका कोत, गढी र किल्लामाा पदयात्रा गरेको हो छ । गोरखाबाट आएको टोलीमा पाल्पाको दि फेमस महिन्द्र दल गण सहभागी भयो । गोरखाको रिपुमर्दन गण, तनहँको रुरुभैरब दल गण, कालिभञ्जन गण, श्री नं. ३ राजदल गण, स्याङ्जाको समरजीत गुल्म सहभागी भएका थिए ।

नेपाली सेनाले यही पदमार्गको यात्रा गर्दै विदेशी सेनालाई रोक्न तत्कालिन पाल्पाका कमाण्डर कर्णेल उजिरसिंह थापाले वि. स. १८७१/७२ मा स्थानीय बासिन्दाको सहभागितामा जितगढीसम्मको यात्रामा सहभागी भएको इतिहास रहेको इतिहास्विद् निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा दरबारदेखि जितगढीसम्मको दुई सय ७ किलोमिटर दूरीमा ५० जना भन्दा बढी हतियारसहितको सेना पदयात्रामा थिए । स्थानीय पालिका, धार्मिक तथा महिला समूहको स्वागत, नाच्दै गाउँदै जिल्लागत हस्तान्तरण हुँदै यात्रा गरेको नेपाली सेना २२ नम्बर बाहिनी रुपन्देहीका सहायक रथी ललितबहादुर कुंवरले जानकारी दिनुभयो ।

पाल्पाका बाकुमगढी, माथागढी, प्रभास, तानसेन, नुवाकोटगढी लगायतमा तैनाथ भएर युद्ध लडेको इतिहासमा उल्लेख छ । त्यस बेलामा भएको लडाईमा प्रयोग भएका कोत, गढी र किल्लाहरु संरक्षणका लागि सेनाले गरेको पहल प्रशंसनीय रहेको यसका अध्यता धादिङका बासुदेव डल्लाकोटीले बताउनुभयो ।

पदयात्राले नेपालको पश्चिमतर्फको एकीकरणको ऐतिहासिक कार्यलाई जिवन्त राख्ने, पदमार्गको प्रवद्र्धन तथा प्रचारप्रसार तथा पर्यटकीय संभावनालाई उजागार गर्ने विश्वास छ । इतिहासका जगेर्ना गर्दै भविष्यमा नयाँ पुस्तासँग जोड्ने योजना अनुसार पदयात्रा भएको दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताउनुभयो ।

वैशाख ७ गते जितगढीमा विजय उत्सव दिवसको रुपमा मनाइयो । जितगढी किल्लामा वि.सं. १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासमा उल्लेख छ । गोरखाबाट पदयात्रामा सहभागी सेनाको युनिटले उत्सवमा सहभागिता जनाए । पाँच वर्षदेखि प्रत्येक पुस २७ गते पूर्वतर्फ गोरखा-काठमाडौं एकीकरण पदयात्रा गर्दै आए पनि पश्चिमतर्फकोको यात्रा पहिलो हो ।







