सिटिजन्स बैंक १७ औंँ वर्षमा

Read Time = 2 mins

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । करिब १५ लाख ५५ हजारलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल निक्षेप करिब एक खर्ब ६२ अर्व रुपैयाँ रहेकोमा कर्जातर्फ एक खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ ।

सोही अवधिमा करिब एक अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा वैशाख ७ गते सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २७ स्थानबाट करिब सात सय २६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम पनि गरेको थियो ।

ADVERTISEMENT

कोशी प्रदेशअन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । साथै बैंकले भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा छुट दिनेसम्बन्धी सम्झौता पनि गरेको छ । बैंकले सातवटै प्रदेशमा १८२ शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?