सप्तरी कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको बिहीबार राति मृत्यु भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच वर्ष कैद भई २०७७ साल चैत ११ गतेदेखि राजविराजस्थित सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका महदेवा गाउँपालिका-३ का ५४ वर्षीय कैदी मिथिलेश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनु भयाे ।

ADVERTISEMENT

कैद भुक्तान गरिरहेका यादवको खुट्टा सुनिएपछि उपचारका लागि विराटनगर स्थित कोसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा भर्ना पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज