‘कैदीको पत्र’को ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक भएको छ । यही वैशाख १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक गीतमा प्रमुख कलाकार पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई फिचरिङ गरिएको छ ।

गीतमा सनमकुमार वैरागको शब्द रचना, विनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर छ । सनमकुमार वैरागको निर्देशन रहेको यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा गरिएको छ । चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायत नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

ADVERTISEMENT

चलचित्रका निर्माता दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी हुनुहुन्छ । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसङको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *