रेसुंगा माविको स्वर्ण जयन्तीको उद्घाटन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको तम्घासमा अवस्थित रेसुंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गरिएको छ । बिहिबार विद्यालयमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको हो ।

स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले समुन्नतीको पहिलो आधार शिक्षा भएको बताउनुभयो । विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा शुभकामना समेत व्यक्त गर्नुहुँदै उहाँले शिक्षामा रेसुङ्गा नगरपालिकाले प्रशस्त लगानी गरेको उल्लेख गर्नुभयो ।

भौतिक विकासभन्दा असल मानवीय विकास ठुलो भएको उल्लेख गर्दै उहाँले शिक्षाको नाममा हुने मानवीय तथा आर्थिक पुँजी पलायनलाई रोक्न शैक्षिक गुणस्तर वृद्धि गर्न निकै महत्वका साथ अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

विद्यालयले वैशाख ११ गतेसम्म विविध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउन थालेको हो । विद्यालयका शिक्षक धना भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको स्वर्ण जयन्तीको अवसरमा विद्यालयको मुखपत्र ‘रेसुंगा ज्योति’ समेत नगरप्रमुख पन्थीले विमोचन गर्नुभयो ।

ADVERTISEMENT

त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उद्घाटनको अवसरमा सम्मान कार्यक्रम, विविध सांस्कृति कार्यक्रम गरिएको थियो । स्वर्णजयन्तीको अन्तिम दिन राष्ट्रिय कलाकार खुमन अधिकारी, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयश्वर पन्थीको अध्यक्षता रहेको कार्यक्रममा रेसुंगा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज