बारा चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताले के भने ?

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको जिनगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास चाँडै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताउनुभयो ।

अब बहाना गर्ने दिन गए अब त काम हुन्छ । उपनिर्वाचन सकिने वितिकै आफनै नेतृत्वको सरकारले विमानस्थलको शिलान्यस गर्ने र काम अगाडी बढने उहाँले बताउनुभयो ।

यही सरकारको पालामै यो विमानस्थल निर्माण हुने छ । यसमा कुनै दुई मत छैन । यो मधेशको समृद्धिको मात्र होइन सिगों देशको आर्थिक मेरुदण्डको रुपमा रहेको विमानस्थल निर्माणमा कुनै बाधा अवरोध उत्पन्न हुँदैन । यसमा सबैजना ढुक्क हुनुस् र चाँडो भन्दा चाँडो निर्माण हुन्छ । यो सरकारको ड्रिम प्रोजेक्ट पनि हो । त्यसैले यसको निर्माणमा कुनै आशंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

पाँच दलीय गठबन्धनद्वारा आयोजित बाराको महागढीमाई नगरपालिका १ मा आयोजना गरिएको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा र देशलाई आर्थिक रुपमा सबल बनाउन गठबन्धन बनेको हो । केपी ओलीले देशबाट गणतन्त्र र संघीयता समाप्त पार्न खोजेको उहाँले आरोप लगाउनु भयो ।

ओलीको इशारामा राष्ट्रपतिबाट दुई दुई चोटी नागरिकता विधयेकलाई फिर्ता गरियो । दुबै सदनबाट पास भइसकेको नागरिकता विधयेक उहाँले ओलीको इशारामा फर्काएको उहाँले आरोप लगाउनु भयो । तर अब ती दिनहरु गएको बताउँदै उहाँले अब नागरिकता विधयेक पारित पनि हुन्छ र नागरिकता नपाएकाहरुले नागरिकता पाउनेमा आश्वासन दिनुभयो ।

नागरिकता पाउनु सबैको संवैधानिक अधिकार हो उहाँले भन्नुभयो,‘ यो अधिकारबाट कुनै पनि नेपालीलाई बन्चित गर्न सकिदैन । लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिलाई जोगाउनकै लागि पाँच दलिय गठबन्धन भएको हो । लोकतन्त्र विरोधी शक्तिहरुलाई अब परास्त गर्न सकिएन भने यसले आउने दिनमा देशलाई खतरामा पार्न सक्ने अवस्था रहेको छ । यस्ता प्रतिगामी शक्तिहरुलाई परास्त गरी देशलाई जोगाउन र गणतन्त्रलाई बलियो बनाउन पाँच दलिय गठबन्धनको उम्मदेवारलाई जिताउनु पर्ने आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।’

ADVERTISEMENT

गढीमाई मन्दिरलाई राष्ट्रिय स्तरको रुपमा विकास गर्दै गढीमाई विकास कोषको स्थापना गर्ने, मटिअर्वा भन्सारलाई मुल भंसार बनाउने, मधेसमा विद्युतीय सिचाई निर्माण गर्ने, अर्थतन्त्रलाई सुधारोन्मुख गर्नका लागि सरकार अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

उपेन्द्र यादव मधेसको जनताको अधिकारको लागि लडी रहने नेता भएको हुँदा उहाँलाई जिताउन उहाँले आग्रह गर्नु भयो ।

सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिध्याउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको आरोप लगाउनुभयो । ओलीले गर्ने षडयन्त्रलाई चिर्न र देशमा प्रजातन्त्रलाई बलियो बनाउन र लोकतन्त्रबाट अहिले सम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा स्थायित्व, शान्ति र कानुनी राज्यलाई परिपालना गराउने दिशामा यो गठबन्धन लागि परेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय अध्यक्ष एवम् बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले यस क्षेत्रको विकासको लागि आफू कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक अनिल कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, उपप्रमुख तारादेवी कानु, जिल्ला अध्यक्ष यादव, सचिव भैयाराम यादव, महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज साहले सम्युक्त रुपमा ५१ किलोको माला लगाई स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?