✍️ किरण केसी ‘क्रोधी’
मेरी आमा यो जिन्दगीको आधार
मेरो भाग्यको चन्द्र सूर्य आकाश
उनी नै मेरो पहिलो किताब-कलम
मेरो हर घाउचोटको दवाई मलहम
मेरी आमा प्रकृतिभन्दा राम्री सुन्दर
मेरो लागि समयभन्दा अमूल्य
सौन्दर्य की रानी ममताकी खानी
उनको मुस्कान मेरो साईत लगन
अमृत हुन् उनका हर तीतामीठा वचन
आस्थाकी देवी भरोसा की छडी
मेरी आमा मायाको सागर नदी
यो शीरमाथि सदाउनको छायाँ
रुँदा पनि आमा हांँस्दा पनि आमा
ढोग छ नमन छ मेरी पूज्यनीय आमा ।।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता