कविता : शुभमातृ दिवस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

✍️ किरण केसी ‘क्रोधी’

मेरी आमा यो जिन्दगीको आधार
मेरो भाग्यको चन्द्र सूर्य आकाश
उनी नै मेरो पहिलो किताब-कलम
मेरो हर घाउचोटको दवाई मलहम

मेरी आमा प्रकृतिभन्दा राम्री सुन्दर
मेरो लागि समयभन्दा अमूल्य
सौन्दर्य की रानी ममताकी खानी
उनको मुस्कान मेरो साईत लगन

ADVERTISEMENT

अमृत हुन् उनका हर तीतामीठा वचन
आस्थाकी देवी भरोसा की छडी
मेरी आमा मायाको सागर नदी
यो शीरमाथि सदाउनको छायाँ

रुँदा पनि आमा हांँस्दा पनि आमा
ढोग छ नमन छ मेरी पूज्यनीय आमा ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?